Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कर्णाली प्रदेश सरकार पुर्नगठन अन्यौलमा


  • आइतबार, कार्तिक १६ २०७७

  • कर्णाली प्रदेश सरकार पुर्नगठन अन्यौलमा

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली निकट मन्त्रीहरु दल रावल र नन्दशिंह वुढाले राजिनामा दिन अस्वीकार गरे पछि कर्णाली प्रदेशको आज हुने भनिएको मन्त्रीपरिषद पुर्नगठन रोकिएको छ । मुख्यमन्ती महेन्द्र बहादुर शाहीले आज वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर तीन नेता लाई सरकारमा सहभागी गराउने तयारी थियो ।

    प्रधानमन्त्री ओलीले आफ्ना पक्षधर मन्त्रीलाई राजिनामा नदिन निर्देशन दिएका थिए । प्रदेश संसद यमलाल कडेलको नेतृत्वमा सरकार हराउन अविश्वास प्रस्ताव आए पछि कर्णाली प्रदेश मात्र नभएर केन्द्रीय राजनितिमा नै तरंग उत्पन्न भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले पनि आज मन्त्रीपरिषद पुर्नगठन गर्नन भनेको बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij