काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको कात्तिक १५ गते देखि हुने भनिएको केन्द्रीय समिति वैठक एक महिनालाई पर सारिएको छ । कात्तिक १५ गतेका लागि आयोजना गरिएको बैठक मंसिर १५ सम्मका लागि सारिएको केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
अव बैठक मंसिर १५ देखि हुने जनाइएको छ । बैठक कोभिड संक्रमणका कारण सार्नु परेको भनिए पनि पार्टी भित्रको विवाद थप चर्किएकाले वैठक बस्ने वतावरण नभएको नेताहरुको भनाइ छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
