काठमाडौं– पूर्व सञ्चारमन्त्री एंव नेकपाका नेता गोकुल बास्कोटालाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल मार्फत कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् । बास्कोटाले श्रीमती तारा मानन्धरलाई पनि कोरोना पोजेटिभ देखिएको र आफुलाई लक्षण नदेखिएको तर श्रीमतिलाई भने लक्षण देखिएको जनाएका छन् । दुई छोराको रिपोर्ट भने नेगेटिभ आएको उनले जनाएका छन् । बास्कोटाले सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।
मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाै।
— Gokul Prasad Baskota (@GokulPBaskota) October 22, 2020
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
