Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सवारी चालकमा कोरोना संक्रमणपछि उर्जामन्त्री आइसोलेसनमा


  • बिहिबार, कार्तिक ६ २०७७

  • सवारी चालकमा कोरोना संक्रमणपछि उर्जामन्त्री  आइसोलेसनमा

    काठमाडौं– उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन आइसोलेसनमा बसेका छन् । आफ्नो सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री पुन सहित उनको परिवार पुल्चोकस्थित मन्त्री क्वाटरमा आइसोलेसनमा बसेको हो ।
    यसवर्षको दसैँमा आफ्नो निर्वाचन क्षेत्र रोल्पा जाने तयारीमा रहेका मन्त्री पुनले जिल्ला जाने कार्यक्रम स्थगित गरेका छन् भने कोरोना संक्रमण भए नभएको पत्ता लगाउन पीसीआर परीक्षण गराउने तयारीमा रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij