काठमाडौं – मुलुक लामो लकडाउनमा रहेकै समयमा सत्तारुढ दल नेपाल कम्युनिट पार्टी मा विवाद चुलियो । सरकार र सत्तारुढ दलका बैठकमा कोभिड ले निम्त्याएको संकटबारे एक शब्द छलफल भएन । सत्ताको छिनाझप्टीकै विच जनताले तीन महिना लामो लकडाउन कटाए । जनता भोको पेटले छटपटिए । सैयौ किलोमिटर पैदलै थातथलो खोज्दै भौतारिए ।
स्वास्थ्य सामग्री खरिदमा भएका भ्रष्टाचार बाहिरियो । महामारी ले आक्रान्त जनता सरकार विहिनतामा अत्तालिए । तर नेकपा भित्रको विवाद थामिएन । पार्टी फुटकै संघारमा पुग्यो । चरम विवादका विच आंशिक सहमती भयो पार्टी विभाजनवाट जोगियो । पुष्पकमल दाहाल कार्यकारी अध्यक्ष बन्ने, चैतमा एकतामहाधिवेशन गर्ने , सरकार पुर्नगठन गर्ने र महत्वपूर्ण नियुकि पार्टीको सहमतिमा गर्ने जस्ता सहमति गर्दै विवाद समाप्त भएको घोषणा गरियो । तर सरकार पुर्नगठनमा सहमति कायम गर्न नसकेर एकतामा चिसोपना बढ्दै गएको वेला प्रधानमन्त्री केपी शर्मा ओलोले अमेरिका र बेलायतको राजदुत सिफारिस गर्दा पार्टी संग सल्लाह नगरे पछि फेरि विवाद बढ्ने संकेत देखिएको छ ।
पार्टी जीवनमा कुनै योगदान नरहेका डा. युवराज खतिवडालाई पटक-पटक महत्वपूर्ण पदमा नियुक्त गरेर आलोचित बन्दै आएको प्रधानमन्त्री ओलीले फेरि उनै खतिवडालाई अमेरिकाको राजदुतमा सिफारिस गरेपछि विवाद देखिएको हो । ओलीले मुख्य सचिवबाट राजिनामा दिएका लोकदर्शन रेग्मीलाई वेलायतको राजदुतमा समेत सिफारिस गरे । यो खवर कार्यकारी अध्यक्ष प्रचण्ड सहितका शिर्ष नेताहरुले संचारमाध्यमवाट थाहा पाए । यो घटनाले नेकपा भित्र ठूलै हलचल मच्चाएको छ ।
पार्टीमा भएका सहमति प्रधानमन्त्री ओली पालना गर्न तयार छैनन र एक्लै अघि बढ्न चाहन्छन भन्ने बुझाई नेकपा भित्रको असन्तुष्ट पक्षको छ । अझ पार्टी महासचिव एवं ओलीका विश्वासपात्र विष्णु पौडेललाई अर्थमन्त्री बनाउने तयारीले त पार्टी भित्र झनै आशंका पैदा गराएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
