Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई सरकार प्रवक्ताको जिम्मेवारी


  • मंगलबार, भाद्र ३० २०७७

  • परराष्ट्र मन्त्री  प्रदीप ज्ञवालीलाई सरकार प्रवक्ताको जिम्मेवारी

    काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका छन्। प्रधानमन्त्री ओलीले सोमबार मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ता तोकेका हुन्।

    अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री ज्ञवालीलाई तोकिएको उनको निजी सचिवालयले जनाएको छ।
    सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडा गत भदौ २० गते कार्यकाल सकिएर बाहिरिएसँगै सरकारको प्रवक्ता कसैलाई पनि तोकिएको थिएन।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij