काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि सुरु बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमा छलफल हुनेछ।
यसअघिनै दुई अध्यक्षको राजनीतिक प्रतिवेदन स्थायी कमिटी सदस्यहरूलाई इमेलबाट पठाइसकिएको छ।
महासचिव विष्णु पौडेलको संयोजकत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनकै आधारमा राजनीतिक प्रतिवेदन तयार भएको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
