Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पुरुष राष्ट्रिय टिमका क्रिकेट खेलाडीले पाए तलब


  • बिहिबार, भाद्र २५ २०७७

  • पुरुष राष्ट्रिय टिमका क्रिकेट खेलाडीले पाए तलब

    काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय टिमका २२ अनुबन्धित खेलाडीलाई तलब प्रदान गरेको छ । अन्तर्राष्ट्रिय क्रिकट परिषद (आईसीसी) बाट रकम प्राप्त भएपछि क्यानले खेलाडीको खातामा तलब हालेको हो ।

    यो सन् २०१९ को वर्षभरिको तलब हो । अनुबन्धअनुसार ग्रेड ‘ए’ का खेलाडीले मासिक ४५ हजार, ग्रेड ‘बी’ का खेलाडीले ३५ हजार र ग्रेड ‘सी’ का खेलाडीले २५ हजार पाउने छन् । यो रकम क्यानले प्रत्येक खेलाडीमा थपिदिएको १० हजार रुपैयाँसमेत गरी हो ।
    ग्रेड ‘ए’ मा ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी छन् ।
    यस्तै ग्रेड ‘बी’ अभिनाष बोहरा, आरिफ सेख, वसन्त रेग्मी, ललितनारायण राजवंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप झोरा र सुसन भारी छन् । ग्रेड ‘सी’ मा भने इशान पाण्डे, कुलश भुर्तेल, कुशल मल्ल, प्रदीप ऐरी, राजु रिजाल र रसिद खान छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij