Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बीपी कोइराला : राजनिति, दर्शन र सृजनाका त्रिवेणी


  • बुधबार, भाद्र २४ २०७७

  • बीपी कोइराला : राजनिति, दर्शन र सृजनाका त्रिवेणी

    काठमाडौँ – नेपाली कांग्रेसका संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली साहित्यका मुर्धन्य सुष्ट बीपी कोरोइरालाको एक सय सात औं जन्मजयन्ती आजवाट मनाइदै छ । नेपालको प्रजातान्त्रीक आन्दोलनमा निरंकुश राणा शासनको अन्त्य र निर्दलिय पञ्चायत व्यवस्था विरुद्धको आन्दोलनका नेता कोइराला प्रजातन्त्रीक समाजवादका व्याख्याता हुन । प्रजातन्त्र वहालीका लागी सिंगो जीवन सर्मपण गरेका कोइरालाले लामो जेल जीवन र निर्वासन भोगेका छन ।

    नेपालको राजनितिमा वीपीलाई असाधारण प्रतिभा भएको राजनितिज्ञमा लिने गरिन्छ । उनी समकालिन साहित्यका कुशल सर्जक समेत थिए । उनको साहित्यमा यौन मनोविज्ञान झल्किने समालोचकहान बताउँछन । उनको जन्मजयन्तीको अवसरमा विविध कार्यक्रम हुँदैछन । नेपाली कांग्रेसले वीपी जयन्ती तीन दिन मनाउने भएको छ । प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेका बीपीको १९७१ भदौ २४ गते जन्म भएको थियो । क्यान्सर रोगले बीपीको २०३९ साउन ६ गते निधन भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij