Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डा. लोहनीको प्रमलाई ५ बुँधे सुझाव : हाँसोको पात्र नबन्नुस


  • मंगलबार, भाद्र १६ २०७७

  • डा. लोहनीको प्रमलाई ५ बुँधे सुझाव : हाँसोको पात्र नबन्नुस

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेसार पानीले कोरोना संक्रमण निको हुन्छ भनेर प्रधानमन्त्रीलाई हाँसोको पात्र नबनाउन सुझाव दिएका छन । डा . लोहनीले सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई ५ बँधे सुझाव दिदै गर्न नसकिने कुरा नगर्न र सहयोगीहरूबाट भ्रष्टाचार रोक्न सुझाव दिएका छन । डा . लोहनीले मास्कमा राष्ट्रिय झण्डा राख्दै राष्ट्रवादी नभइने भन्दै कडा भाषामा सुझाव दिएका छन । डा. लोहनीले दिएको सुझाव यस्तो छ :
    सम्माननीय प्रधान मन्त्रि जी

    तपाई ले लगाउने मास्क मा झन्डा राखेर तपाई ले आफु राष्ट्रबादि भन्ने संदेश दिन खोजेको देखे। मास्क या टोपी या दौरा सुरुवाल मा नेपाल को झन्डा राखेर राष्ट्रबादि भइदैन। यदि तपाई ले आफु लाई राष्ट्रबादि भन्ने हो भने हाल लाई निम्न बमोजिम गर्नोस:

    (१) सरकारी प्रसासन, शिक्षण संस्थानहरु, न्यायालय तथा संबैधानिक अंगहरुमा नाताबाद , कृपाबाद, भागबन्डा र दलियकरण लाई हटाउदै क्षमता र उत्कृष्टता लाई लागु गर्ने मान्यता कठोरता का साथ लागु गर्नोस
    (२) दिन दहाडै हवाइजाहज देखि औषधी किन्ने सम्म मा भ्रस्टाचार र लुट गर्ने तपाई का सहयोगी हरु लाई कानुन को दयारा मा ल्याउने नैतिक साहस र इमान्दारी देखाउनुस।
    (३) देस मा तपाई को पार्टी र अन्य पार्टी का उच्चा नेता हरु को सम्पत्ति जाच गर्ने राष्ट्रिय आयोग घोसना गर्नुस
    (४) आफुले पुरा गर्न नसक्ने या नजानेको कुरा मा धेरै गफ नहाक्नुस। बेसार पानि ले कोरोन भागछ भन्ने जस्ता कुरा गरेर देस को प्रधान मन्त्रि लाई हासो को पात्र नाबनाउनुस ।
    (५)राष्ट्रियता मास्क मा छापेको झन्डा मा होइन कोविड को इमान्दारी र कुसल ब्यबस्थापन मा देखिनु पर्यो , कोविड पिडित जनता लाई राहत मा देखिनुपर्यो , भ्रस्टाचार माथि कठोर कारबाई मा देखिनु परयो , आर्थिक अनुसासन मा देखिनु पर्यो ,सरकारी न्याय मा देखिनु परयो

    कृपया नेपाली झन्डा लाई सस्तो प्रयोग नगर्नुस।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij