Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आर्सनललाई १६ औँ कम्युनिटी सिल्डको उपाधि


  • आइतबार, भाद्र १४ २०७७

  • आर्सनललाई १६ औँ कम्युनिटी सिल्डको उपाधि

    पिएरे एमेरिक आउबामेयाङको प्रेरणामा आर्सनलले प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हराउँदै कम्युनिटी सिल्डको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ ।

    खेलको १२ औँ मिनेटमा आउबामेयाङले उत्कृष्ट गोलको मद्दतले एफए कप विजेता आर्सनललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा लिभरपुलका सब्सटिट्युट टाकुमी मिनामिनोले बराबरी गोल फर्काए ।

    निर्धारित समयमा खेल बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गयो । लिभरपुलका स्ट्राइकर रिहान ब्रिउस्टरको प्रहार पोस्टमा लागेपछि आउबेमियाङले विजयी गोल गर्दै आर्सनललाई ५–४ को जीत दिलाए ।

    लिभरपुलले लगातार दोस्रो पटक पेनाल्टीमा उपाधि गुमाएको हो । सन् २०१९ मा म्यान्चेस्टर सिटी विजयी बनेको हो ।

    आर्सनलले कम्युनिटी सिल्डको उपाधि जितेको यो १६ औँ पटक हो । आर्सनलभन्दा अघि म्यान्चेस्टर युनाइटेडले सर्वाधिक २१ पटक यो उपाधि जितेको छ । पछिल्ला सात सिजनमा आर्सनलले चार पटक यो उपाधिमाथि कब्जा जमाउन सफल भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij