Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपाभित्रको विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन


  • शुक्रबार, साउन ३० २०७७

  • नेकपाभित्रको विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन

    काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिएको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कार्यदल बनाउने सहमति भएको हो ।
    कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् । कार्यदलले छिट्टै विवाद सुल्झाउने गरी काम गर्ने दुई अध्यक्षबीच सहमति भएको बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij