Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओली–प्रचण्डबीच एक हप्तापछि बालुवाटारमा छलफल


  • बिहिबार, साउन २९ २०७७

  • ओली–प्रचण्डबीच  एक हप्तापछि बालुवाटारमा छलफल

    काठमाडौं– लामो समयपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । पछिल्लो समय पार्टीको विवाद चुलिँदै गएपछि दुई अध्यक्षबीच कुराकानी नै बन्द भएको थियो।

    बिहीबार बिहान प्रधानमन्त्री ओलीसँग कुराकानी गर्न प्रचण्ड बालुवाटार पुगेका छन्।दुई अध्यक्षसँगै छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी भएका छन् ।
    यसअघि बुधबार प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद पाँच दिनभित्र सुल्झिने दाबी गरेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij