Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रिय सभाका समिति सभापतिहरू निर्विरोध निर्वाचित


  • शुक्रबार, साउन २३ २०७७

  • राष्ट्रिय सभाका समिति सभापतिहरू निर्विरोध  निर्वाचित

    काठमाडौं– राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन्। राष्ट्रिय सभाका चार वटा विषयगत समिति छन्। दीगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरूङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल निर्वाचित भएका हुन्।

    समिति सभापतिहरूले आजै पदधार ग्रहण गरेका छन्। संघीय संसदको नियमावलीले राष्ट्रिय सभाका समितिको कार्यविधि दुई वर्ष हुने व्यवस्था गरेको थियो।

    चारै जना यसअघि पनि सोही समितिका सभापति थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij