Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पार्टी गम्भीर मोडमा पुगेको छ – प्रचण्ड


  • मंगलबार, साउन १३ २०७७

  • पार्टी गम्भीर मोडमा पुगेको छ – प्रचण्ड

    काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई विभाजन हुनबाट जोगाउन नेताहरुलाई आग्रह गरेका छन् ।
    मंगलबार ओली बिनाको स्थायी समिति बैठकमा प्रचण्डले भने, ‘यो बेला उत्तेजनाको होइन, साहस र धैर्यको आवश्यकता छ ।’
    पार्टी गम्भीर अवस्थामा पुगेको भन्दै प्रचण्डले यसबेला सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर पार्टीलाई विभाजनबाट जोगाउनु पर्ने कुरामा जोड दिए ।

    उनलेले अगाडि भने, ‘कमरेडहरु पार्टी गम्भीर मोडमा पुगेको छ, अहिले कोही पनि उत्तेजनामा आएर गलत कदम नउठाउनु होला, ठूलो बलिदान र योगदानबाट नेकपा बनेको हो यसलाई कसैको लहड उत्तेजनाबाट विभाजन हुन दिनु हुँदैन ।’
    प्रधानमन्त्री अ‍ोलीले एकतर्फी रुपमा स्थायी कमिटीको बैठक स्थगित गरेपछि बालुवाटारमा प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटीको बैठक बसिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij