काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक साउन १३ गतेसम्मको लागि स्थगित भएको छ।
बाढी–पहिरो पीडितको उद्धारका लागि खट्न साउन १३ गते सम्मको लागि बैठक स्थगित गरिएको स्थायी समिति सदस्यले जानकारी दिए ।
नेकपाले बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गरेको छ । साथै सरकारलाई पनि राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको छ ।
बैठक सुरू भएता पनि प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित भने थिएनन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
