काठमाडौ – आज नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको ३८ औं स्मृति दिवस मनाइदै छ । नेपालको प्रजातान्त्रीक आन्दोलन का अग्रणी नेता कोइराला राणा विरोधी आन्दोलन का प्रमुख नेतृत्व थिए । पञ्चायति व्यवस्था विरुद्धको आन्दोलन पनि कोइरालाकै नेतृत्वमा भएको थियो । प्रजातान्त्रीक समाजवादका व्याख्याता कोइराला आफ्नो युगका विलक्षण नेता हुन । लामो समय जेल र निर्वासनमा विताएका कोइराला अव्वल साहित्य सर्जक समेत हुन । उनको स्मृति दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरिदै छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
