Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा विवाद : माधव मौन, खनाल आक्रामक , प्रचण्ड धरमर


  • मंगलबार, असार ३० २०७७

  • नेकपा विवाद : माधव मौन, खनाल आक्रामक , प्रचण्ड धरमर

    काठमाडौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद समाधानको बाटो तर्फ उन्मुख भएको भनिए पनि कुन विषयमा कसरी सहमति कायम हुँदैछ भन्ने कसैले वताउन सकेको छैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विच केहि दिन यता कुनै छलफल भएको छैन ।
    वाढी पहिरोको निरिक्षण गर्न चितवन पुगेका प्रचण्डले पार्टी नफुटने बताए पनि सहमति कसरी कायम हुन्छ भन्ने विषयमा केहि कुरा खुलाएनन । वरु आफु र ओलीलाई उचाल्ने तत्व सक्रिय रहेको भन्दै अमूर्त कुरा गरे । जानकारहरुका अनुसार चितवन गए देखि नै ओली र दाहाल विचमा फोनमा समेत कुराकानी भएको छैन । पछिल्लो कुराकानीमा समेत कुनै सहमति निर्माण भएको छैन । तर प्रचण्डको बोलीमा आएको परिवर्तन लाई आश्चर्यका रूपमा हेरिएको छ ।
    ओली विरोधी समूहका अर्का नेता माधवकुमार नेपाल केहि दिन यता मौन छन । लामो समय पार्टीको नेतृत्व गरेको र मुलुकै प्रधानमन्त्री समेत भइसकेका नेपाल कै साथ पाएर प्रचण्डले ओली विरुद्धको अभियान अघि बढाएका हुन । प्रचण्डको बोली फेरिनु र माधव मौन वस्तुले कतै पचण्डले आफ्नै समूहलाई धोखा त दिएका होइनन भन्ने प्रश्न उठेको छ ।
    पछिल्लो समय ओली प्रति अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल आक्रामक देखिएका छन । सार्वजनिक कार्यक्रम देखि टेलिभिजन ‘टक सो‘ सम्म खनाल आक्रोशित छन । कान्तिपुर टेलिभिजन वाट प्रशारण हुने एक कार्यक्रममा खनालले ओलीलाई पटक पटक तानाशाह भने । ओलीको नेतृत्वमा सरकार रहिरहे नेकपा को जनमत समाप्त हुने खनालले बताए । ओलीले पार्टी र सरकारको नेतृत्व गर्न नसकेको आरोप खनालको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij