काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टीका नेताहरूले भेटघाट गरेका छन्।
मंगलबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए।
करिब एक घण्टा सभापति देउवासँग जसपा नेताहरूको भेटवार्ता भएको देउवाको सचिवालयले जनाएको छ ।
समसामयिक राजनीतिक घटनाक्रम, नागरिकता विधेयकलगायत विषयमा भेटवार्तामा कुराकानी भएको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
