सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी मा विवाद चर्किदै जाँदा असन्तुष्ट पक्ष अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नै अप्ठ्यारोमा परेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट कुनै पनि हालतमा राजिनामा नदिने अडान लिए पछि प्रचण्ड – माधव समूहलाई अव के गर्ने भन्ने संकट आइपरेको छ ।
शुक्रवार देखी स्थायी समिति बैठक स्थगित गरेर सहमति खोज्न लागि परेका नेताहान ओलीको अडान पछि को वाटो पहिल्याउन नसकेर अन्यौलमा छन । ओलीले प्रधानमन्त्री र अध्यक्ष छाड्नु भन्दा पार्टी विभाजन गर्ने प्रष्ट मनसाय प्रचण्ड संगको भेटमा दिइसकेका छन । विगतका सहमति पनि ओलीले अस्वीकार गरेका छन ।
अव प्रचण्ड – माधव समूह कसरी अघि बढ्छन त ?
उनीहरुका लागी ओलीको कार्यशैली र नेतृत्वलाई स्वीकारेर बस्ने, संसदिय दलमा अविश्वास तथा महाधिवेशन माग गर्ने र पार्टी विभाजन गरेर अघि बढ्ने तिन विकल्प मात्रै देखिन्छ । तेस्रो विकल्प अर्थात पार्टी विभाजन वरिष्ठ नेता नेपालका लागी सुखद् विषय होइन । कहिल्यै फुटको राजनितिमा विश्वास नगरेका नेपाल प्रचण्डको नेतृत्वमा विभाजनमा गए नसुहाउँदो देखिन पक्का छ ।
ओलीले एमाले नामको पार्टी पुर्नगठन गरेर पूर्व एमालेहानलाई संगठित गर्दा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भिम रावलहरु पूर्व माओवादी बाहुल्य संगठनमा पुग्नु आफैमा अनौठो देखिने छ ।
दोस्रो विकल्प संसदिय दलमा अविश्वास ल्याउदा गणितिय जोखिम देखिन्छ भने सफलता हात लागे पनि पार्टी एउटै रहन्छ भन्ने निश्चित छैन । तत्काल महाधिवेशन सहज र व्यवहारिक छैन । पहिलो विकल्प ओलीकै समग्र नेतृत्व स्वीकार गर्ने हो भने भित्तामै पुगिने गरी पेलाई सहनु पर्ने निश्चित छ । ओली आफ्नो रोडम्यापमा प्रष्ट छन तर प्रचण्ड – माधव समूह कसरी अघि बढ्ने भन्ने चरम द्धविधामा देखिन्छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
