काठमाडौ – विश्व खेलकुद पत्रकारिता दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चले पत्रकारितामा कोभिड – १९ को असर का विषयमा छलफल कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले कोभिडका कारण पत्रकारिता पेशा संकटमा परेको बताए । उनले पत्रकारको पेशागत अधिकार रक्षा गर्न संचार प्रतिष्ठान सरकार उदासिन बनेको गुनासो गरे । विष्टले अहिलेको संकट समाधानका लागी सबै पक्ष एकजुट हुनु पर्नेमा त्यसो हुन नसकेको बताए ।
महासंघका पूर्व अध्यक्ष एवं नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकारलाई पेशाबाटै पलायन हुने गरी निष्काशन गर्ने काम उचित नभएको बताए । वाहखरीन डटकमका प्रधान सम्पादक प्रतिक प्रधानले संकटका वेला नयाँ ढंगवार पत्रकारिता गर्न सुझाव दिए । उनले अहिलेको परिस्थितिया पत्रकारको पेशागत अधिकार वचाउन संचार गृह गम्भिर बन्नु पर्ने बताए ।
कार्यक्रममा वरिष्ठ खेल पत्रकारद्धय श्याय चित्रकार र राजु सिलवालले आफ्नो खेल पत्रकारिताको अनुभव सुनाएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
