Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीज्यू ! आफ्नै पार्टी र सांसदहरु प्रति पनि विश्वास छैन ?


  • आइतबार, असार १४ २०७७

  • प्रधानमन्त्रीज्यू ! आफ्नै पार्टी र सांसदहरु प्रति पनि विश्वास छैन ?

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको जारी बैठकमा सरकारको कामको समिक्षा प्राथमिकताको एजेण्डा हो । सरकारले राम्रो काम गर्न सकेन भन्नेहरूको बैठकमा बहुमत छ । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई निरन्तर वेवास्ता गर्दै आएका छन । आफ्नै सरकारी निवासमा बैठक बसे पनि उनलाई बैठक प्रति कुनै रुचि छैन । ओलीमा भरसक बैठकमा नै जान नपरोस भन्ने मनसाय प्रष्टै झल्किन्छ । बैठकमा गए पनि उनी धेरै समय वस्दैनन ।
    प्रधानमन्त्रीमा पार्टी भित्र आफु विरुद्धको मोर्चा बलियो भएर हटाउने हुन कि भन्ने भय छ । सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा अल्पमतमा रहेका उनलाई संसदिय दलमा पनि त्यहि हालत हुने हो कि भन्ने डर छ । त्यहि भएर उनी वेलावेलामा सरकार को निरन्तरताको विषयलाई लिएर अनेक अभिव्यक्ति दिन्छन ।

    सरकार यतिवेला नेकपाकै संस्या का आधारमा खडा छ । बहुमत मात्र होइन प्रचण्ड बहुमतका साच उभिएको छ । सरकार ढाल्ने भनेको संसदको अंक गणितका आधारमा हो । तर प्रधानमन्त्री ओलीले आइतबार भारतले भारतले सरकार ढाल्न खोजेको बताए । भारतिय दुतावासको गतिविधिप्रति आशंका प्रकट गरे । देशको प्रधानमन्त्री जस्तो व्यक्तिले छिमेकि देशले सरकार ढाल्न खोज्यो भनेर बोल्नु आफैमा कति जायज हो ?

    हुन त नेपालको सत्ता राजनितिमा भारतलाई जोडेर चर्चा भएको यो पहिलो पटक होइन । एउटा स्वतन्त्रत र सार्वभौम राष्ट्रका शक्तिशाली प्रधानमन्त्रीले छिमेकी देशले सरकार ढाल्न खोज्यो भन्दा जनतामा कस्तो सन्देश जाला ? प्रधानमन्त्रीको भनाइको सिधा अर्थ पार्टी प्रतिको अविश्वास हो । आफ्नै पार्टीका नेता र जनताबाट निर्वाचित सांसद अनि जनमत प्रतिको अविश्वास हो । प्रधानमन्त्रीको भनाइको सार भारतले नेकपाका नेता वा सांसदलाई प्रभावमा पारेर सरकार विरुद्ध प्रयोग गर्दैछ भन्ने नै हो । उनको यो आसयमा सत्यता छ वा पार्टी भित्रको असन्तुष्टी व्यवस्थापन गर्न सकिन्छ कि भन्ने मनसाय लुकेको छ भन्ने कुरा उनी स्वयंलाई थाहा हुने कुरा हो ।

    तर राष्ट्रिय सहमतिका साथ पारित नेपालको नक्साको ढाल बनाएर सत्ताको रक्षा गर्न खोज्नु, पार्टी भित्रको विवाद व्यवस्थापन गर्न खोज्नु र आफु मात्रै राष्ट्रवादी अरु सबै राष्ट्रघाती हुन भन्ने आसयका साथ प्रधानमन्त्री प्रस्तुत हुन किमार्थ उचित छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij