काठमाडौ – नेपाल कम्युनिट पार्टी र चिनियाँ कम्प्रनिष्ट पार्टी विचको कार्यशाला गोष्ठी सुरु भएको छ । पार्टीको स्कूल विभागको आयोजनामा भएको गोष्ठीमा अध्यक्ष पुष्पकमल दाहाल, स्कूल विभाग प्रमुख इश्वर पोखरेल नेता बेदुराम भुषाल सहितका नेता सहभागी छन । चिनियाँ कम्युनिष्ट पार्टीबाट विदेश विभागका पदाधिकारी सहभागी छन ।
यसै विच कार्यशाला गोष्ठीका विषयलाई लिएर नेकपामा असन्तुष्टी देखिएको छ । विदेश विभागले आफुहरुलाई कुनै जानकारी नभएको बताएका छन । विभागका उप प्रमुख विष्णु रिजालले विदेश विभागलाई जानकारी र निम्ता समेत गरिएको बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
