नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्ला दिनहरुमा चुपचाप छन् । मुलुक कोभिड १९ को चपेटामा परिरहेको बेला दुई पटक मुलुकको प्रधानमन्त्री बनेका र दश वर्ष सशस्त्र विद्रोहका नेतृत्व गरेका नेपाली राजनीतिको चतुर नेता प्रचण्डले मौनता साध्नु पनि सञ्चार माध्यमका सामग्री हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले केहि समय अघि नेपालका कुनै पनि पुर्वप्रधानमन्त्रीले ओलीसंग आँखा जुधाएर कुरा गर्न सक्दैनन् भन्ने अभिव्यक्ति दिएका थिए । रिमालको अभिव्यक्ति नेकपामा रहेका तिन पूर्वप्रधानमन्त्री प्रति लक्षित थियो । ति मध्येका एक हुन प्रचण्ड ।
नेकपा भित्र ओलीसंग आधा कार्यकालपछि सत्ता हस्तान्तरणको सम्झौता गरेका प्रचण्डले आफ्नै मुखबाट पाँचै वर्ष ओली प्रधानमन्त्री हुने घोषणा गरे । यो उनको रहरले गरिएको घोषणा थिएन । ओलीले सत्ता नछाड्ने सुनिश्चित भएपछि प्रचण्ड आफै व्याक भएका हुन । नेकपाको कार्यकारी अध्यक्षको पगरि गुथेका प्रचण्डले कार्यकारी अधिकारको प्रयोग भने अहिलेसम् मगर्न पाएको देखिदैन ।
पार्टि सचिवालयको बैठक अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै बोलाउछन् र स्थगित गर्दछन् । स्थायी समितिको बैठक पनि ओली नै बोलाउँछन् र स्थगित गर्छन । केन्द्रीय समितिको बैठक बस्ने सम्भावना नै छैन् । अमेरिकी सहयोग एमसिसिका बारेमा छलफल गर्न बोलाइएको सचिवालय बैठक अन्तिम समयमा ओलीले स्थगित गरे । तर प्रचण्डले त्यसको कारण सोधेनन् । स्थायी समितिको बैठकको एजेण्डा दुबै अध्यक्ष मिलेर तय गरे । तर ओलीले बैठक स्थगित गरिदिए । त्यसमा पनि प्रचण्ड मौन रहे ।
प्रचण्डले कोरोना महामारीसंग जुध्न सर्वपक्षिय राजनीतिक संयन्त्रको प्रस्ताव गरे । ओलीले सरकारी सञ्चार माध्यम बोलाएर आक्रोशित हुँदै संयन्त्रको औचित्य नरहेको बताए । त्यस बारेमा पनि प्रचण्डको खासै प्रतिक्रिया आएन । हुनत पछिल्ला दिनमा नेकपा भित्रका अर्का पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल पनि खासै बोलेका छैनन् । पुर्वप्रधानमन्त्री झलनाथ खनालले एमसिसि पारित हुन नदिने विषयमा मुख खोलेपनि अन्य विषयमा उनी पनि बोल्न हच्कीन्छन् ।
आफ्नै समुहका नेताहरु विविध कारणले कमजोर बनेर प्रभावहिन बनिरहँदा प्रचण्ड कमजोर सावित हुँदैछन् । अझ ओलीको कार्यशैली र पेलाह प्रवृतिले प्रचण्ड आजित छन् । नगर्नु पार्टी एकता गरेपछि प्रचण्ड आफैले नेतृत्व गरेको जनयुद्धकालिन समयान भन्दा पनि कठिन अवस्थामा देखिन्छन् । यतिबेला राजनीतिक बृत्तमा प्रश्न उठेको छ, के ओली सामु प्रचण्ड निरिह भएकै हुन ?
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
