काठमाडौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी( नेकपा) ले भोली सोमवार सचिवालय बैठक बोलाएको छ । चार बजे बोलाइएको बैठकमाप्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल नेकपा स्रोतले बताएको छ ।
एमसीसी का वारेमा नेकपामा चर्को मतभेद छ । वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समितिले अहिलेकै अवस्थामा एमसीसी स्वीकार गर्न नहुने सुझाव दिइसकेको छ । समितिका सदस्य परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले फरक मत राखेका छन ।
समिति सदस्य रहेका नेता भीम रावलले एमसीसी को चर्को विरोध गरिरहेका छन । सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा पर्ने सम्भावना छ । नौ सदस्यीय सचिवालयमा झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ , वामदेव गौतम लगाएतका नेता ओलीको विपक्षमा छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
