काठमाडौ – राष्ट्रिय मानव अधिकार आयोगले व्यवस्थित रुपमा क्वारेन्टीन संचालन गर्न भनेको छ । आयोगले आज विज्ञप्ती जारी गर्दै भनेको छ – ‘ विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट नेपाल पनि जटिल अवस्थामा रहेको र त्यसबाट हालसम्म मृत्यु भएका ११ जनामध्ये ९ जनाको मृत्यु क्वारेण्टिनभित्र भएको, २९०० बढी संक्रमित भएको र १ लाख ६७ हजारभन्दा बढी मानिस क्वारेण्टिनमा नै रहिरहेको गम्भीर स्थिति छ ।’
आयोगले संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेकोले संकट झनै लम्बिन सक्ने देखिएको भन्दै सरकारलाई सचेत गराएको छ ।
झापा, रौतहट, पर्सा, सर्लाही, सप्तरी, कपिलवस्तु, बाँके, दैलेख, कञ्चनपुरलगायत जिल्लाका अधिकांश क्वारेण्टिनहरु न्यूनतम मापदण्ड विपरीत सञ्चालनमा रहेकोले आधारभूत मानव अधिकार संरक्षणमा समेत उदासिनता देखिएको आयोगले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
