काठमाडौ – भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोध सडकमा उत्रिएका युवा , विद्यार्थी र नागरिकलाई प्रहरीले इलेक्ट्रीक सक दिए पछि त्यसको सर्वत्र विरोध भएको छ । सामान्य अवस्थाको विरोध प्रदर्शनमा पनि प्रहरीले त्यस्तो इलेक्ट्रीक सकर प्रयोग गरेको पाइए पछि सरकार कुनै पनि विरोध वा आलोचना गर्नेलाई कठोर बन्न लागेको संकेत देखिएको छ । यस्तो किसिमको इलेक्ट्रीक सकलाई गम्भिर खालको यातना मानिन्छ । यो मानव अधिकारको विरुद्धमा समेत छ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस सम्बद्ध नेविसंघ को विरोध प्रदर्शनमा प्रहरीले इलक्ट्रीक सक दिएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
