Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मध्यरातमा कविता कोर्दै प्रधानमन्त्री, अव कसैले रगत र आँशु बगाउनु नपर्ने भाव प्रकट (कविता सहित)


  • शुक्रबार, बैशाख १९ २०७७

  • मध्यरातमा कविता कोर्दै प्रधानमन्त्री, अव कसैले रगत र आँशु बगाउनु नपर्ने भाव प्रकट (कविता सहित)

    काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले अव रगत र आँशु बगाउनु नपर्ने भाव व्यक्त गरेका छन । उनले सार्वजनिक गरेको कवितामा त्यस्तो भाव प्रकट भएको हो । प्रधानमनीले कविता मार्फत विकास र सम्वृद्धिको सन्देश प्रवाह गरेका छन । मे १ को मध्यराति २ : ३० मा रचना गरिएको कवितामा ओलीले आफ्नो साहित्यीय शिल्प वाट आफ्नो भावना साटेका छन ।

    केपी शर्मा ओली (प्रधानमन्त्री)

    अब आँसु खसाउनु पर्दैन
    रगत बगाउनु पर्दैन
    नेपाली मन अब फुट्दैन
    राष्ट्रिय एकता टुट्दैन
    शान्ति अब यहाँ मर्दैन
    नेपाली मर्नु पर्दैन
    बढ्यो नेपाल अब बढ्यो अघि
    विकासमा पछि पर्दैन
    गणतन्त्र हो यो गणतन्त्र
    सार्वभौम जनताको जनतन्त्र
    अब आँसु खसाल्नु पर्दैन ।

    ०००
    सामाजिक न्याय र समानता
    अधिकार सम्पन्न जनता
    मेची-काली पहाड-तराई
    निर्भय वातावरण सुरक्षित नारी
    अब आधुनिकतामा बढ्यो नेपाल
    गणतन्त्र हो यो गणतन्त्र
    सार्वभौम जनताको जनतन्त्र
    अब आँसु खसाउनु पर्दैन ।

    ०००
    फाटोका खेती कुहिन्छन्
    स्वार्थी हिंसा तुहिन्छन्
    अब चेलीका चुरा फुट्दैनन्
    कोही टुहुरा पर्दैनन्
    गणतन्त्र हो यो गणतन्त्र
    शक्तिका स्रोत जनताको
    जनतन्त्र हो यो जनतन्त्र
    अब आँसु खसाउनु पर्दैन
    रगत बगाउनु पर्दैन ।

    मे १, २०२० बिहान २:३० बजे

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij