Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जनता लकडाउनमा : नेता सत्ताको खेलमा !


  • सोमबार, बैशाख १५ २०७७

  • जनता लकडाउनमा : नेता सत्ताको खेलमा !

    काठमाडै – विश्वव्यापी फैलिएको कोरोनाको चपेटामा नेपाल पनि परेको छ । नेपाली जनता महिना भन्दा बढी समय देखि लकडाउनमा छन । काठमाडौमा श्रम गर्ने, निम्न आय भएका र सिमान्तकृत वर्ग खाली खुट्टा हिडेरै सैयौं किलोमिटरको यात्रा तय गरेर गाँउ पुगेका छन ।
    स्वाथ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी स्रोतसाधन विनै कोरोना भाइरस विरुद्धको लडाईमा अग्रभागमा लडिरहेका छन । यसकाविच नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या वढीरहेको छ ।

    सिङ्गो विश्व तपसिलका कुरालाई थाति राखेर कोरोना विरुद्ध लडिरहेको बेला नेपालमा भने विचित्रको घटनाक्रम देखियो । सरकारले राजनितिक दल विभाजनसंग सम्वन्धित र सम्वैधानिक परिषदको निर्णयसंग सम्बन्धीत अध्यादेश ल्याएर विवादको भुमरीमा फस्यो । सत्तास्वार्थ र घृणीत राजनितिले कोरोनालाई नै ओझेलमा पार्‍यो ।

    जनताको जीवनसंग यो भन्दा ठूलो भद्दा मजाक अरु केहि हुन सक्दैन । जारी अध्यादेश खारेज पछि पनि राजनितिक तापमान अझै माथी उक्लिदैछ । सरकारका प्रधानमन्त्री देखि मन्त्री, सत्तारुढ दल र विपक्षी दलका नेताहरु सबै कोरोना विरुद्धको लडाईमा जनतासंग होइन कोठे बैठकको दौडधुपमा व्यस्त छन ।

    नेताका घर आँगन र चोराकोठा सबै तिर गुट उपगुटको वैठकले भ्याइनभ्याई छ । मानव जातिनै सर्वाधिक संटकसंग जुधिरहेको बेला जनताका लागी राजनिति गरेको भन्नेहरुले देखाएको विकृति रूपले जनता स्तब्ध छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij