काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले चिकित्सक तथा सर्वसाधारणलाई कुटपिट नगर्न आग्रह गरेको छ । हाले त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथी प्रहरीले कुटपीट गरेको घटनको आयोगले अगमन गरेको जनाउँदै परिचय पत्र देखाउदा देखाउदै कुटपिट गरी घाइते बनाइएको आयोगले जनाएको छ ।
आयोगले पछिल्लो समयमा नागरिक र पेशाकर्मी माथी प्रहरी कुटपिट हुन थालेपछि आफ्नो धारणा सार्वजनिक गर्दै भनेको छ :
देशमा जारी रहेको लकडाउन उल्लंघन गरेको आरोपमा गत वैशाख ३ गते त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकत्रय डा. शम्भू खनाल, डा. तेजप्रकाश शाह र डा. विकास शाह आफ्नो ड्युटी सकेर घर फर्कने क्रममा प्रहरीहरुले कुटपीट तथा दुव्र्यवहार गरेको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोशियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालका प्रतिनिधिहरु सम्मिलित आयोगको केन्द्रस्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले प्रारम्भिक अनुगमन गरेको छ । अनुगमनबाट प्राप्त तथ्य अनुसार चिकित्सकहरुले आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै त्यसको कुनै वास्ता नगरी प्रहरीले कुटपीट तथा दुव्र्यवहार गरेको र कुटपीटबाट डा. तेजप्रकाश शाहको दाहिने हान सुन्निएको र निलडाम रहेको पाइएको छ ।
त्यसैगरी सुनसरीमा बिरामीको उपचार गर्न हिँडेका एक स्वास्थ्यकर्मीमाथि कुटपीट भएको, काठमाडौँको कलंकीमा औषधी किनेर फर्किएका व्यक्तिलाई कुटपीट गरी दुव्र्यवहार गरेको, सप्तरीमा सशस्त्र प्रहरीले सर्वसाधारणमाथि अमानवीय ढङ्गले कुटपीट गरेको, बैतडी, दार्चुलालगायतका जिल्लाहरुमा समेत प्रहरीले सर्वसाधारणमाथि दुव्र्यवहार गरेको पाइएको छ ।
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही कार्य गर्ने स्वास्थ्यकर्मीहरुमाथि भएका यसप्रकारका कुटपीट तथा दुव्र्यवहारले जनस्वास्थ्यको हालको सङ्कटको अवस्थामा उच्चमनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने भएकाले त्यस्तो कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न, दोषी प्रहरीलाई कानुनबमोजिम कारवाही गर्न, घाइतेहरुको निशुल्क उपचार गर्न तथा सम्पूर्ण प्रहरीहरुलाई संयमित भई कार्य गर्न समेत आयोग आग्रह गर्दछ । साथै, लकडाउनको अवस्थामा नेपाल सरकारले जारी गरेका निर्देशनहरुको पालना गर्दा÷गराउँदा स्वास्थ्यकर्मी, पत्रकार, मानव अधिकारकर्मी तथा सर्वसाधारणप्रति संयमित र मर्यादित व्यवहार गर्न समेत आयोग आग्रह गर्दछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
