Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

इटहरीका मेयर चौधरीद्वारा पत्रकारलाई अपशब्द : महासंघको आपत्ति


  • बिहिबार, चैत्र १३ २०७६

  • इटहरीका मेयर चौधरीद्वारा पत्रकारलाई अपशब्द : महासंघको आपत्ति

    इटहरीबाट प्रसारण हुने ऐरिना टेलिभिजनको कार्यक्रमका लागि पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का सम्बन्धमा कुराकानी गर्न खोज्दा इटहरीका मेयर द्वारिकालाल चौधरीले टेलिभिजनमा कार्यरत सञ्चारकर्मी राजन कट्वालमाथि अपशब्द प्रयोग गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
    ‘कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गदैै मुलुक यतिखेर लकडाउनको अवस्थामा छ । यस्तो परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी आफ्नो पेशागत कर्ममा जुटेका पत्रकारलाई सही र सहजढंगबाट सूचना उपलब्ध गराउने वातावरण बनाउनु पर्नेमा जिम्मेवार पदमा बसेका व्यक्तिबाट यस्तो कार्य हुनु आफैंमा निन्दनीय र दुःखद् विषय हो ‘ महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ । महासंघले संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी स्वतन्त्र, सुरक्षित र निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेको छ । महासंघ सुनसरी साखा ले पनि विज्ञप्ती जारी गरी विरोध जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij