Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

उपभोग्य वस्तुको आपूर्ति व्यवस्थित गर – मानवअधिकार आयोग


  • बिहिबार, चैत्र १३ २०७६

  • उपभोग्य वस्तुको आपूर्ति व्यवस्थित गर – मानवअधिकार आयोग

    काठमाडौ – विश्वभर फैलँदै गएको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत देखिएपश्चात्को विषम परिस्थितिमा सोको नियन्त्रणका लागि नेपाल सरकारले चालेका पछिल्ला कदमहरुलाई राष्ट्रिय मानव अधिकार आयोगले सकारात्मक रुपमा लिएको जनाएको छ । नेपालको संविधानमा स्वास्थ्यको अधिकारलाई मौलिक हकको रुपमा उल्लेख गरिएको सन्दर्भमा वर्तमान जटिल परिस्थितिमा नागरिकहरुको स्वास्थ्यप्रति जिम्मेवार हुनु सरकारको प्रमुख दायित्व हुन आउँने आयोगले प्रष्ट पारेको छ ।

    कोभिड–१९ को सङ्क्रमण एक–अर्कोमा नफैलियोस् भनी नेपाल सरकारले गरेको ‘लकडाउन’को सबै नागरिकहरुले पूर्ण पालना गरी घरभित्रै रहन तथा त्यसको अवज्ञा नगर्न आयोग आमनागरिकलाई आह्वान गर्दछ । साथै, त्यस्तो आदेशको अवज्ञा गरी घरबाहिर निस्कनेहरुलाई मानवोचित व्यवहारका साथ कानुन बमोजिम कारवाही गर्न आयोग आग्रह गर्दछ ‘ आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

    ‘लकडाउन’को अवस्थामा घरमै रहेका अपाङ्ग बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्न हरुको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिन तथा उपचार कार्यमा अहोरात्र खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, कर्मचारी तथा तिनका परिवारहरुको लागि आवश्यक स्वास्थ्य सुरक्षा सुनिश्चित हुने गरी विशेष व्यवस्था गर्न समेत आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ‘विज्ञातीमा भनिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij