काठमाडौं– नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाभाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेकोले संसद बैठक रोक्न माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रधानले भने, ‘संसद चलाइराख्नुको तुक छैन। स्कुल बन्द गर्नुपर्छ। कोरोनाभाइरस संक्रमण फैलियो भने नेपालले रोक्न सक्दैन।’
‘सरकारको एक्सन आउनुपर्यो। उनले भने ‘भीडभाड हुने संसद र स्कुल बन्द गर्नुपर्यो ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
