Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रिय सभाका सांसदले लिए शपथ


  • बुधबार, फाल्गुन २१ २०७६

  • राष्ट्रिय सभाका  सांसदले लिए शपथ

    काठमाडौं – राष्ट्रिय सभाका नवनिर्वाचित १८ जना सांसदले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् ।
    नयाँ बानेश्वरस्थित संसदको ल्होत्से हलमा बुधबार बिहान आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद्हरूलाई शपथ गराएका हुन् ।

    राष्ट्रियसभाका १८ पद रिक्त हुने भएपछि गत माघ ९ गते निर्वाचन भएको थियो । १८ सांसद्को २ वर्षे कार्यकाल सकिएलगत्तै निर्वाचित सांसदहरूलाई शपथ गराइएको हो । २ बर्षे कार्यकाल फागुन २० बाट सकिएको हो ।

    निर्वाचन भएका १८ स्थानमध्ये १६ सिट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले जितेको छ । राष्ट्रिय जनता पार्टीले दुई सिटमा जित हासिल गर्दा अन्य दलले कुनै पनि स्थानमा जित हासिल गर्न सकेका छैनन् । मन्त्रिपरिषद्बाट मनोनीत हुने एक सदस्य सरकारले सिफारिस गरिसकेको छैन ।
    सपथपछि अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसदहरुलाई संसदको लोगो लगाइदिएका थिए ।

    आज संसद प्रवेश गरेकामा ७ महिला, २ दलित, २ अपागंता भएका वा अल्पसंख्यक र ७ जना अन्य समूहबाट निर्वाचित भएका हुन् ।

    शपथ लिने सांसदहरु

    • शेखरकुमार सिह
    • मृगेन्द्रकुमार सिंह यादव
    • गंगाकुमारी बेल्बासे
    • वेदुराम भुसाल
    • इन्दिरादेवी गौतम
    • गोपीबहादुर सार्की अच्छामी
    • देवेन्द्र दाहाल
    • तुलसाकुमारी दाहाल
    • राधेश्याम पासवान
    • नारायणकाजी श्रेष्ठ
    • भगवती न्यौपाने
    • गोपाल भट्टराई
    • सुमित्रा विसी
    • मायाप्रसाद शर्मा
    • शारदादेवी भट्ट
    • तारामान स्वाँर
    • विमला घिमिरे
    • जगप्रसाद शर्मा

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij