Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रियसभाका १८ सांसदको आजबाट विदाइ


  • मंगलबार, फाल्गुन २० २०७६

  • राष्ट्रियसभाका १८ सांसदको आजबाट विदाइ

    काठमाडौं – राष्ट्रियसभाबाट विदाई भएका सांसदहरुले राष्ट्रियभालाई प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न शुभकामना दिएका छन् ।
    आफ्नो २ बर्षे कार्यकालको समय सकिएका सांसदहरुले आफ्ना अनुभव राख्दै सभालाई थप जिम्मेवार भएर अघि बढ्न शुभकामना दिएका हुन् ।
    अध्यक्ष गणेश तिमिल्सिनाले २ वर्षे पदावधि कायम भएका सांसदलाई यस अवधिमा पु¥याएका योगदानका लागि धन्यवाद दिए । ‘यहाँहरुको अथक मेहनत र प्रयासबाट राष्ट्रियसभाले महत्वपूर्ण उपलब्धी हासिल गरेको छ’ उनले भने ।

    राष्ट्रियसभा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले आफूले दुई वर्षको अवधिमा विपक्षी दलको नेता हुँ भन्ने महसुस गर्न नपरेको बताए ।

    नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेयले प्रविधिको प्रयोग, समयमा बैठक सञ्चालन गर्नेलगायत विभिन्न पक्षमा २ बर्षमा राष्ट्रियसभामा राम्रो अभ्यास गरिएको बताए । उनले राष्ट्रियसभा अधिकारको दृष्टिले केही संकुचन भए पनि सिर्जनात्मक र प्रभावकारी ढंगले दलीय आग्रह पूर्वाग्रहबाट मुक्त भएर काम भएको बताए ।
    नेकपाका कालीबहादुर मल्लले आफूले राष्ट्रियसभा सदस्य भएर २ बर्षको कार्यकालमा धेरै कुरा सिक्ने अवसर पाएको र ‘प्रमाणपत्र सहित एउटा योग्यता प्राप्त भएको’ अनुभव गरेको बताए ।
    मंगलबारदेखि बिदा हुने राष्ट्रियसभा सदस्यहरुमा नेकपाबाट ८, नेपाली कांग्रेसका ६ , राजपाका २, समाजवादी पार्टी नेपालका १ र राष्ट्रपतिबाट मनोनित एक जना गरी १८ रहेका छन् । दुई बर्षे कार्यकाल भएका कांग्रेसकासांसद दुर्गाप्रसाद उपाध्यायको भने निधन भइसकेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij