Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिटौला भन्छन् – म पनि सभापतिको उम्मेदवार हुँ


  • सोमबार, फाल्गुन १९ २०७६

  • सिटौला भन्छन् – म पनि सभापतिको उम्मेदवार हुँ

    काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई महाधिवेशनको रौनकले छुन थालेको छ । नेताहरु महाधिवेशन लक्षिण भ्रमणमा निस्कन थालेका छन् । सोमबार कांग्रेसमा तेस्रो धार भनेर चिनिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफु सभापतिको उम्मेदवार रहेको प्रष्ट पारेका छन् । गृह जिल्ला झापा पुगेर सिटौलाले भनेका छन् –‘ म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम आजैबाट त्यागिदिनुस ।’
    सभापति शेरबहादुर देउवा दोहो¥याएर पार्टीको नेतृत्व लिने मनस्थितीमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल महाधिवेशन लक्षित भ्रमणमा निस्केका छन् । महामन्त्री डा. शसांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि देश दौडाहामा नै छन् । नेताहरुको दौडधुपले कांग्रेस भित्र महाधिवेशनको रौनक बढ्दै गएको देखिन्छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij