काठमाडौं – नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिबासमा दुर्घटना भएको छ । सीपी मैनाली चढेको गाडी अर्को गाडीसँग ठोक्किदा उनी घाइते भएका छन् । प्रहरीका अनुसार उनको टाउको र खुट्टामा चोट लागेको छ ।
मैनाली चढेको बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएर दुर्घटना भएको हो ।
मैनालीको खुट्टा फ्याक्चर हुनुका साथै शरीरका विभिन्न स्थानमा चोट लागेको छ। हाल बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेका उनलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मैनाली एक कार्यक्रमको सिलसिलामा त्यहाँ पुगेको बताइएके छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
