Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपाले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने


  • बुधबार, फाल्गुन १४ २०७६

  • नेकपाले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने

    काठमाडौं–सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ।
    बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
    गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया– १ मा कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए।

    राष्ट्रपतिबाट राष्ट्रिय सभामा नियुक्त भएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल आगामी २० गते सकिँदैछ। नयाँ निर्वाचित र राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्यले फागुन २१ गते सपथ लिँदैछन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij