काठमाडौं– काठमाडौं– सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाको सम्पूर्ण कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी अधिकृतसँगको छलफलपछि तत्कालका लागि सेक्युरिटी प्रिन्टिङ स्थापनाको काम अघि नबढाउन निर्देशन दिएको हो।
सेक्युरिटी प्रिन्टिङ स्थापनाका लागि सरकारले गरेको जिटुजि प्रस्ताव प्रतिष्पर्धात्मक नभएको, लागत अनुमान यथार्थ नभएको, स्वीस कम्पनीको प्रस्तावलाई वेवास्ता गरिएको, कम्पनीहरूको प्रस्तावित मूल्यमा ठूलो भिन्नता भएको भन्दै समितिले त्यसबारेमा गहन अध्ययन गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ।
समितिले विषयवस्तुको गम्भीरतालाई महशुस गर्दै थप अध्ययन गरी निर्णयमा पुग्न उचित देखिएकाले अर्को बैठकमा निर्णय नगर्दासम्मका लागि सेक्युरिटी प्रिन्टिङ स्थापनासम्बन्धी प्रक्रिया स्थगित गर्न सरकारलाई निर्देशन दिने निर्णय गरिएको समिति सचिव डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
