Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन


  • शुक्रबार, फाल्गुन २ २०७६

  • राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन

    काठमाडौं– राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नंं.१० निवासी उपाध्यायको ५० वर्षको उमेरमा क्यान्सर रोगका कारण शुक्रबार बिहान निधन भएको हो ।
    उपाध्याय २०७४ मा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए । क्यान्सर रोगबाट पीडित उपाध्यायको आज बिहान ७ बजेतिर आफ्नै निवासमा मृत्यु भएको हो ।

    उपाध्यायको चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो । २०२६ सालमा जन्मिएका उपाध्याय २०४६ सालको जनआन्दोलनकका बेलादेखि नेपाली कांग्रेसमा आवद्ध भएर राजनीति शुरु गरेका थिए ।
    २०५४ सालमा साविकको मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित उनी २ पटक कांग्रेस रुपन्देही क्षेत्र नंं ५ को क्षेत्रीय सभापति र त्यसयता महाधिवेशन प्रतिनिधि थिए ।
    उपाध्यायका एक श्रीमती, तीन छोरा र दुई छोरी छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij