Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अमेरिका ३५ रनमै अल आउट


  • बुधबार, माघ २९ २०७६

  • अमेरिका ३५ रनमै अल आउट

    काठमाडौं – आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत नेपालले अमेरिकालाई ३५ रनमा नै अल आउट गराएको छ ।
    एकदिवसीय क्रिकेटको सबै भन्दा कम रन बनाउने क्रकमा अमेरिकाले १२ ओभरमा सबै विकेट गुमाएर ३५ रन बनायो । यसअघि सन् २००४ मा जिम्बावेको श्रीलंकासँग १८ ओभरमा ३५ रन बनेको थियो ।
    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए । त्यस्तै सुशन भारीले चार विकेट लिए ।

    नेपालका लागि सुशन भारीले ११ औँ ओभरमा दुई विकेट लिए । सन्दीपले १२ औँ ओभरमा दुई विकेट लिए । सुशनले नेपालका लागि ११ औँ ओभर बलिङ गर्न आएका उनले ओभरको पहिलो सीएएस स्टिभिनलाई बोल्ड आउट गराए । त्यस्तै ओभरको अन्तिम बलमा उनले रुष्टि थेरोनलाई एलबीडब्लु आउट गराए ।
    यसअघि सन्दीपले नेपालका लागि व्यक्तिगत चौथो विकेट तथा नेपालका लागि छैटौं विकेट लिए । सन्दीपले ११ ओभरको तेस्रो बलमा अक्ष होमराजलाई क्याच आउट गराए ।

    नवौं ओभर बलिङ गर्न आएका उनले ओभरको दोस्रो बलमा अरोन जोनेसलाई बोल्ड आउट गराएका हुन् । यसअघि नेपालका लागि सन्दीप लामिछानेले नेपालका लागि एकै ओभरमा दुई विकेट लिएका थिए ।
    नेपालका लागि खेलको आठौं ओभर बलिङ गर्न आएका सन्दीपले ओभरको दोस्रो र पाँचौ बलमा दुई विकेट लिएका हुन् । सन्दीपले ओभरको दोस्रो बलमा मोनाक पटेललाई आउट गराएका हुन । उनले मोनाकलाई ४ रनमा बोल्ड आउट गराएका हुन् ।

    त्यस्तै सोही ओभरको पाँचौं बलमा पनि निसरक पटेललाई दुई रनमा बोल्ड आउट गराएका हुन् । नेपालका लागि सुशन भारीले दोस्रो विकेट लिएका थिए । नेपालका लागि सातौं ओभर बलिङ गरेका उनले ओभरको पहिलो बलमा नै विकेट लिएका थिए । सुशनले जेभिएर मार्सेललाई १६ रनमा क्याच आउट गराएका हुन् । नेपालका लागि सन्दीप लामिछानेले पलिलो सफलता दिलाएका थिए ।

    खेलको दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले आयन होल्याण्डलाई आउट गराएका थिए । उनले होल्याण्डलाई क्याच आउट गराए । ९ ओभरको खेल सकिँदा अमेरिकाले पाँच विकेट गुमाएर ३० रन बनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij