Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

एन्फाले सागमा स्वर्ण जित्ने फुटबल खेलाडीलाई जनही साढे ५ लाख दिने


  • सोमबार, माघ २७ २०७६

  • एन्फाले सागमा स्वर्ण जित्ने फुटबल खेलाडीलाई जनही साढे ५ लाख  दिने

    काठमाडौं– १३ औँ दक्षिण एसियलाी खेलकुद (साग) मा स्वर्ण जित्ने फुटलब टिमका सदस्यहरुले जनही साढे ५ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।
    आइतबार अखिल नेपाल फुटबल संघमा बसेको कार्यसमिति बैठकले खेलाडीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
    एन्फाले स्वर्ण विजेता खेलाडीको सम्मानमा प्रत्येक खेलाडीलाई जनही साढे ५ लाख दिने भएको हो । सागमा उपविजेता बनेको महिला फुटबल टिमका सदस्यले जनही साढे १ लाख रुपैयाँ पाउने भएका छन् । पुरुष टोलीले सागमा भुटानको यू–२३ टोलीलाई हराएको थियो ।

    त्यसैगरी एन्फाले बी डिभिजन लिगको तयारी खर्च वापत क्लबहरुलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । त्यस्तै बी डिभिजनको लिग च्याम्पियन क्लबले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । कार्य समितिको निर्णय अनुसा सी डिभिजनका क्लबहरुलाई तयारी खर्च वापत ७ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
    यस्तै लामो समय यता चर्चामा रहेको महिला लिगको पुरस्कार रकम पनि तय गरेको छ । महिला लिगको विजेताले १५ लाख र दोस्रोले ८ लाख, तेस्रोले ५ लाख र चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij