काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटलाई अन्तराष्ट्रि क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ । चौंथो संस्करणको प्रतियोगिताका लागि आईसीसीले मान्यता दिलाएको आयोजक ईपीएलले जानाएको छ ।
ईपीएल आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । चौंथो सस्करणको ईपीएलमा ६ ठूला सहरका फ्रेन्चाइजी टोलीलले सहभागिता जनाउने छन् । जसमा साविकको विजेता टोली ललितपुर प्याट्रीयट्स सहित विराटनगर वारिवर्स, काठमाडौं किंग्स इलाभेन, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
