Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मच्छिन्द्र क्लबसंग सरस्वती युथ क्लब ६–१ गोल अन्तरले पराजित


  • बिहिबार, माघ २३ २०७६

  • मच्छिन्द्र क्लबसंग सरस्वती युथ क्लब ६–१ गोल अन्तरले पराजित

    काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले सहज जित निकालेको छ । बिहीबार भएको खेलमा मच्छिन्द्र क्लबले सरस्वती युथ क्लबलाई ६–१ गोल अन्तरले पराजित गरको हो ।
    एन्फा कम्पेलेक्समा भएको खेलमा मच्छिन्द्रलाई जित दिलाउन दीपक राईले दुई गोल गरे । त्यस्तै देवेन्द्र तामाङ, विशाल राई, सोमिडो वलेवामी र आन्ड्रसले एक एक गोल गरे ।
    उता सरस्वतीका लागि कजिम बुसिरीले एक गोल फर्काए । जितसँगै मच्छिन्द्र शीर्ष स्थानमा उक्लेको छ । ११ खेल खेलेको मच्छिन्द्र २५ अंकसहित शीर्ष स्थानमा उक्लेको छ । उता ४ अंकसहित रेलिगेसन जोनमा छ ।
    बिहीबारै हुने अर्को खेलमा विभागीय टिम आर्मीले एपीएफसँग प्रतिस्पर्धा गर्दैछ । एन्फा कम्प्लेक्समा हुने खेल ३ बजेबाट सुरु हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij