Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सभामुख र जापानी राजदूतबीच भेटवार्ता


  • मंगलबार, माघ २१ २०७६

  • सभामुख र जापानी राजदूतबीच भेटवार्ता

    काठमाडौँ – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले भेटवार्ता गरेका छन् ।

    मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले उनसँग भेटवार्ता गरेका हुन् ।

    भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । विशेष गरी नेपालमा प्रविधि र तालिमका लागि जापानले सहयोग गर्ने उनले बताए ।

    सभामुख सापकोटासँग यसअघि चीन र भारतका राजदूतहरुले शिष्टाचार भेटघाट गरिसकेका छन् ।
    सभामुख सापकोटाले नेपाल र जापानको सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै दुईदेशबीचको सम्बन्ध र सहकार्य अझ बयियो बनाउनुपर्ने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij