काठमाडौ । आज माघ १९, तत्कालिन राजा ज्ञानेन्द्रले प्रजातन्त्रको अपहरण गर्दै निरंकुश शासन सुरु गरेको कालो दिन । २०६१ सालमा आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिइ प्रत्यक्ष शासन सुरु गरेका थिए ।
राजनितिक दल, प्रेस, नागरिक समाज र जनताको स्वतन्त्रता हरण भएको दिनका रुपमा आजको दिनलाई स्मरण गरिन्छ । राजाको कदमको मुख्य निशाना राजनितिक दल र प्रेस परेको थियो । कैयौ नेता, पत्रकार र नागरिक अगुवाहरु पक्राउ गरियो । संचार गृहहरुमा सेना परिचालन गरिएको थियो भने नेताहरु भूमिगत भएका थिए ।
सेनाको वलमा राजाले सम्पूर्ण कार्यकारी अधिकार आफ्नो हातमा लिएका थिए । मुलुकमा माओवादी शसस्त्र युद्ध जारी थियो । २०६२/६३ सालको जनआन्दोलनले राजाको निरंकुश शासनको अन्त्य गर्दै संघिय गणतन्त्र स्थापना गरेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
