Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रतिनिधिसभामा आठ आयोगको प्रतिवेदन पेश


  • शुक्रबार, माघ १७ २०७६

  • प्रतिनिधिसभामा आठ आयोगको प्रतिवेदन पेश

    काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् । प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन’ पेश गरेका छन् ।

    यस्तै उनले सभामा ‘लोकसेवा आयोगको ६० औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको आव २०७५/०७६ प्रथम वार्षिक प्रतिवेदन’ पनि पेश गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij