Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपामा समूहगत छलफलका लागि टोली नेता चयन (सूचिसहित)


  • बिहिबार, माघ १६ २०७६

  • नेकपामा समूहगत छलफलका लागि टोली नेता  चयन (सूचिसहित)

    काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीमा समूहगत छलफल सुरु भएको छ ।
    नेकपाले १५ वटा समूह बनाएर छलफल थालेको छ । एउटा समूहमा ३० जना नेता छन् । एउटामा मात्रै ३१ जना रहेको नेकपाले जनाएको छ ।

    समूहगत छलफलमा सरकारले भारतले सीमा मिच्दा पनि स्पष्टसँग कुरा राख्न नसकेको, एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुनेलगायतका धारणा राखेका छन् ।

    यी हुन् टोली नेता र उपनेता

    १– उर्मिला अर्याल र आनन्द पोखरेल दुवै नेता (उपनेता चयन भएको छैन)

    २– कमला रोक्का नेता, उपनेता– कृष्णध्वज खड्का र कृष्ण राई

    ३– खिमलाल भट्टराई (नेता)

    ४–जगन्नाथ खतिवडा (नेता)

    ५–ठाकुर गैरे (नेता) बहस नोटका लागि : दिनेशकुमार राई, तिलक महत, दीलिप प्रजापति, दामा शर्मा

    ६– दीनानाथ शर्मा (बहस नोटः देवेन्द्र दाहाल, देवी खड्का, देवी ज्ञवाली

    ७–पूर्णाकुमारी सुवेदी (नेता) निरज आचार्य (उपनेता)

    ८– बिन्दा पाण्डे (नेता) (उपनेता– बलराम बास्कोटा, बलावती शर्मा)

    ९ भगवती चौधरी (नेता) भास्कर काफ्ले (उपनेता)

    १०– (बहस नोटः महेश बस्नेत, यज्ञराज सुनुवार, मोहम्मद महवुज अन्सारी, यशोधाकुमारी सुवेदी, युवराज चौलागाईँ)
    समूहको अध्यक्षता युवराज ज्ञवालीले गरेका छन् ।

    ११– राजेन्द्र राई (नेता)

    १२– रेणु दाहाल (नेता) (बहस नोट : लक्ष्मीप्रसाद पोखरेल, रेखा शर्मा र रामदिप आचार्य, लक्ष्मण पौडेल)

    १३– लेखनाथ न्यौपाने (नेता) सावित्रा भुसाल (उपनेता)

    १४– राम कार्की (नेता) शिवमाया तुम्वाहाङ्फे (उपनेता)

    १५– हिमाल शर्मा (नेता)

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij