Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री ओली र लग्जेम्बर्गका विदेशमन्त्रीबीच भेटवार्ता


  • बिहिबार, माघ १६ २०७६

  • प्रधानमन्त्री ओली र लग्जेम्बर्गका विदेशमन्त्रीबीच भेटवार्ता

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हुँदै आएको सहयोगलगायत विषयमा छलफल भएको छ ।
    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउनुपर्ने, व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हुँदै आएको सहयोगलगायत विषयमा छलफल भएको भेटमा सहभागी मन्त्रालयका सहसचिव निर्मलराज काफ्लेले जानकारी दिए ।
    सो अवसरमा प्रधानमन्त्री ओलीले संविधान निर्माणपछि नेपालमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै व्यापार र लगानीका लागि आह्वान गरेका थिए । प्रधानमन्त्री ओलीले दिगो विकासको लक्ष्य हासिल गर्ने, अतिकम विकसित मुलुकबाट स्तरोन्नतिलगायत नेपालका आगामी कार्यदिशाका बारेमा जानकारी गराउँदै सहकार्यका लागि जोड दिएका थिए ।

    विदेशमन्त्री एसलवर्नले साझा हितका आपसी विषयमा सहकार्य गर्न तयार रहेको बताएका थिए । विदेशमन्त्री एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आएका हुने । भ्रमण सम्पन्न गरी उनी बिहीबार नै स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij