Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेविसंघको केन्द्रीय तदर्थ कार्यसमिति गठन


  • बिहिबार, माघ १६ २०७६

  • नेविसंघको केन्द्रीय तदर्थ कार्यसमिति गठन

     

    काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमिति गठन गरिएको छ । नेविसंघको अध्यक्षमा राजीव ढुंगानालाई नियुक्त गरिएको छ । महामन्त्रीमा मनोज वैद्य र अर्को महामन्त्रीमा महेश्वरी कुँवरलाई नियुक्त गरिएको छ ।

    प्रेस विज्ञप्ति

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था “नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति” को गठन पार्टी सभापति शेरबहादुर देउवाद्वारा देहाय बमोजिम गर्नु भएको छ ।

    १. श्री राजीव ढुंगाना (सुनसरी) –अध्यक्ष
    २. श्री मनोज बैद्य (काठमाण्डौं) –महामन्त्री
    ३. श्री महेश्वरी कुँवर (पाल्पा) –महामन्त्री

    यस तदर्थ कार्यसमितिले–

    (१) आजको मितिले ६ महिनाभित्र नेपाल विद्यार्थी संघको आगामी १२ औं केन्द्रीय अधिवेशन सम्पन्न गर्नेछ ।
    (२) आगामी १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्नेछ ।
    (३) तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन ।
    (४) यस अघि कायम रहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा भाग लिन पाउनेछन् ।

    नेपाल विद्यार्थी संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र   गरिनेछ ।

    कृष्णप्रसाद पौडेल
    मुख्य सचिव

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij